बुधबार पनि घट्यो नेप्से, १७९ कम्पनीको सेयरमूल्यमा गिरावट

नेपालभ्युज

बुधबार पनि घट्यो नेप्से, १७९ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं। सेयर बजारमा लगातार बुधबार पनि गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १४.०५ अंकले गिरावट हुँदा २०५०.७८ को विन्दुमा बन्द भएको छ ।

लगातार १० दिनमा १९१ अंकले बढेको नेप्से सोमबारदेखि भने घट्न थालेको हो ।  लगातार ३ दिन गिरावट हुँदा नेप्सेमा ४४ अंकको गिरावट आएको छ । बुधबार होटल तथा पर्यटन, जीवन बिमा र व्यापार उपसूचकमा वृद्धि भए पनि त्यस बाहेकको सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले गिरावट भएको हो ।

होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.८४ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा उपसूचक ०.११ प्रतिशतन, उत्पादनमूलक उपसूचक ०.२७ प्रतिशत र व्यापार उपसूचक ०.०९ प्रतिशतले वृद्धि भएको छ ।

यता हाइड्रोपावर उपसूचक १.६२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले र हुँदा विकास बैंक उपसूचक १.३६ प्रतिशतले गिरावट भएका छन् । त्यस्तै, लगानी उपसूचक १.६० प्रतिशत, लघुवित्त उपसूचक १.०६ प्रतिशत र बैंकिङ उपसूचक ०.८२ प्रतिशतले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । लगातार चार अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार भने घटेर साढे ३ अर्बभन्दा तल झरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved