दिनभरिको उतारचढावपछि नेप्सेमा सामान्य गिरावट

नेपालभ्युज

दिनभरिको उतारचढावपछि नेप्सेमा सामान्य गिरावट

काठमाडौं। पछिल्लो एक सातासम्म लगातार बढेको सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । दिनभरिको उतारचढावपछि नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ ।

आज ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा सेन्ट्रल फाइनान्स कम्पनी, लक्ष्मी इक्विटी फन्ड र माउन्टेन इनर्जी नेपाल रहेका छन् ।

सोमबार २७६ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

२९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स नेपाल टेलिकम र सोल्टी होटल रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved