नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु, ३१ बेपत्ता

नेपालभ्युज

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु, ३१ बेपत्ता

युक्रेन। नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ध्वस्त भएका थिए । बाँध भत्किएर खेतबारीमा बाढी आउँदा हजारौं मानिसलाई बिजुली र खानेपानीको आपूर्तिमा समस्या भएको थियो।

किभका अनुसार रुसले योजनाबद्धरूपले बाँधमा आक्रमण गरेको थियो । रुसले क्रिमियालाई पानीबाट वञ्चित गर्न र युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।

युक्रेनको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ३,६१४ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी, खेरसन र माइकोलाइभ क्षेत्रका एक हजार तीन सय घर बाढीले डुबानमा परेका छन् ।

रुसले सन् २०२२ को फेब्रअरीमा युक्रेनमा आक्रमण गरेदेखि बाँध वरपरको क्षेत्र सबैभन्दा ठूलो विवादित क्षेत्रमध्ये एक बनेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved