५२ अंकले बढ्यो नेप्से, ४ महिनायताकै उच्च विन्दुमा

नेपालभ्युज

५२ अंकले बढ्यो नेप्से, ४ महिनायताकै उच्च विन्दुमा
प्रतीकात्मक तस्वीर

काठमाडौं। लगातार ९ दिनसम्म वृद्धि भएको नेप्से ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ ।

बजार परिसूचक नेप्से २३ जेठ यताको लगातार ९ कारोबार दिनमा वृद्धि हुँदा २ फागुन २०७९ यातकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । पछिल्लो ९ कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से १९२.३४ अंकले वृद्धि भइसकेको छ ।

नेप्सेसँगै पछिल्ला दिनहरूमा कारोबार रकम पनि बढ्दै गएको छ । आइतबार  करिब ५ अर्ब नजिकको कारोबार भएको छ । आइतबार नेप्सेमा ७० हजार ६४७ वटा कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ८६ करोड ९२ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा बैंकिङ बाहेकका सबै उपसूचकमा वृद्धि हुँदा नेप्से २.५६ प्रतिशतले बढेको हो ।

आइतबार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै २८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर छ । जसमध्ये नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर लिमिटेड, सुपर माइ हाइड्रोपावर आत्मनिर्भर लघुवित्त र मेच्छियाम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य भने ५.५८ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.३१ प्रतिशतले गिरावट भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved