पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी, परीक्षा रोकियो

नेपालभ्युज

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी, परीक्षा रोकियो

काठमाडौं। तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयमा आजदेखि हुने भनिएको परीक्षा रोकिएको छ।

इन्जिनियरिङ संकायअन्तर्गत विभिन्न सेमिस्टरको परीक्षाको समय तोकिएको थियो। तर,परीक्षा व्यवस्थापन कार्यालय लगाईएको तालाबन्दीका कारण परीक्षा रोकिएको हो।

कार्यालयले यसअघि नै सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी दिएको थियो। ती परीक्षाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो।

सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो फ्याँकिएपछि पूर्वाञ्चल विश्वविद्यालयको माहोल तातेको छ। स्थानीयले दस्ता नै खडा गरेर प्रतिवाद गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved