प्रहरीलाई खसी नदिएको भन्दै रिसिइबी साँध्न चोरीको आरोप लगाइयो : सांसद सिंह

नेपालभ्युज

प्रहरीलाई खसी नदिएको भन्दै रिसिइबी साँध्न चोरीको आरोप लगाइयो : सांसद सिंह

काठमाडौं। प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुस्लिम समुदायले पालेको उक्त खसी आफैँ पालेको भए पनि प्रहरीले रिसिइबी साधेर फसाएको उल्लेख गरे । नियन्त्रणमा लिइएको खसी तुरुन्तै फिर्ता गर्न माग गर्दै उनले सरकारले किसानलाई गाई, भैँसी र बाख्रापालनका लागि प्रोत्साहन गर्नुपर्ने जिकिर गरे ।

प्रतिनिधि सभा सदस्य रेखा यादवले नेपाली नागरिकहरूलाई नागरिकता नदिएर अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराइन् । यादवले काठमाडौंको माइतीघरमा आन्दोलनरत नीरज कामतले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपु¥याउन माग गरिन् ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गरिरहेको भए पनि सरकारले ध्यान नदिएको बताए । उनले समस्या समाधानका निम्ति पहल नभएमा नागरिकताबाट वञ्चित नागरिकहरूले सामूहिक आत्मदाह गर्ने अवस्था आउन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved