काठमाडौंको भोटेबहालबाट १३ जना जुवाडे पक्राउ

नेपालभ्युज

काठमाडौंको भोटेबहालबाट १३ जना जुवाडे पक्राउ

काठमाडौं। काठमाडौंको भोटेबहालबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।

भोटेबहाल शान्तिमार्गस्थित स्थानीय शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका -११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूबाट नगद १ लाख ६७ हजार रुपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को क्वाइन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसमेत बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved