अनुदानको मल दुरुपयोग भएको छ, किसान सचेत हुनुहोलाः मन्त्री भुसाल

नेपालभ्युज

अनुदानको मल दुरुपयोग भएको छ, किसान सचेत हुनुहोलाः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन् । सोमवार २० औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन् ।

उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताए । उनले किसानहरुलाई अनुदानको मलको खोजि गर्न आग्रह पनि गरे । उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिए ।

‘मलको वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदोरहेछ । सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ । कृषि सामग्री कम्पनीले बनाएको । त्यसले त्यहाँसम्म पुगेको पत्ता लगाउने । त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ’ उनले भने, ‘बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो । खासगरी प्लाइउड कारखानाहरुले यसको प्रयोग गरिरहेका छन् । तिनीहरुले गर्नु हुने कि नहुने एउटा प्रश्न ? कतिपयले के भन्छन् भने त्यो पनि कृषिजन्य नै उद्योग हो नि पनि भन्दा रहेछन् । त्यसो भयो भने यो संसारमा कृषि भन्दा बाहिरको उद्योग त केही पनि हुँदैन ।’

उनले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved