एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

नेपालभ्युज

एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

काठमाडौं। डिजिटल बैंकिङमा देशको अग्रणी बैंकको रुपमा स्थापित एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरुलाई विभिन्न आकर्षक सुविधासहितको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ।

डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आसार मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरुमात्र यस योजनामा समावेश हुनेछन्। देशभर २ लाखभन्दा बढी मर्चेन्टमाझ उपस्थिति जनाइसकेको यो बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरुसँगको समझदारीमा पहिलोपटक कारोबार गर्ने मर्चेन्टहरुलाई सम्बन्धित साझेदार कम्पनीहरुमार्फत आकर्षक लाभको व्यवस्था गरेको छ।

यस योजनाअनुसार यती एयरलाइन्सका तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाण्डौ सुपरमार्केटका तर्फबाट रु. २ हजार बराबरका १० वटा ह्याम्पर, Tricot Industriesका तर्फबाट ५–५ हजारबराबरको १०० वटा भौचर, Hard Rock Café का तर्फबाट १० वटा Non-Veg BBQको भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान Rice Cooker, Breakfast Maker तथा Hand Blender र सिजी डिजिटलको तर्फबाट एक–एक थान Mixer Grinder, Induction Cooker तथा Dry Iron को व्यवस्था गरिएको छ।

यसका साथै बैंकले Tranquility Spa का तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाका तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ। यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरुलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरुले हस्तान्तरण गर्नेछन्।

यसै योजनाअनुसार बैंकले राखेको फोनपे क्यूआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्यूआर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरुले एकपटक वा पटक–पटक गरी रु. २०० भन्दा माथिको भुक्तानी लिँदा कुल रु. १०० क्यासब्याक प्राप्त गर्नेछन्।

यो बैंकको क्यूआर मर्चेन्ट बन्न चाहने इच्छुक व्यवसायी तथा कम्पनीहरुले बैंकको वेबसाइटभित्र Apply Now आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरुमध्ये Be a merchant बाट अनलाईन आवेदन दिन सक्नेछन्। मुलुकमा भुक्तानीको माध्यम विस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरुमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ४७३ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरुमध्येको हो।

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved