फ्रेन्च ओपनको उपाधि जोकोभिचले जिते, बनाए दुर्लभ कीर्तिमान

नेपालभ्युज

फ्रेन्च ओपनको उपाधि जोकोभिचले जिते, बनाए दुर्लभ कीर्तिमान

काठमाण्डौं ।  फ्रेन्च ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् ।

गएराती भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई हराउँदै जोकोभिचले २३ औँ पटक ग्रान्ड स्लाम जित्दै कीर्तिमान समेत बनाएका छन् । तेस्रो पटक फ्रेन्च ओपन जितेका जोकोभिचले आफ्नो २३ औँ ग्रान्ड स्लाम जितेका हुन् ।

यसअघि जोकोभिच स्पेनका राफल नाडालसँग बराबरीमा थिए । नाडालले २२ औँ पटक ग्रान्ड स्लाम जितेका छन् । यो सँगै उनी सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बनेका छन् ।

जोकोभिचको कीर्तिमानी जितपछि राफल नाडालले बधाई दिएका छन् । जोकोभिचले २३ औँ ग्रान्ड स्लाम जित्ने क्रममा अस्ट्रेलियन ओपन १०, विम्बल्डन सात, यूएस ओपन तीन र फ्रेन्च ओपन तीन पटक जितेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved