लागूऔषध ओसारपसारको आशंकामा एक युवामाथि गोली प्रहार

नेपालभ्युज

लागूऔषध ओसारपसारको आशंकामा एक युवामाथि गोली प्रहार
सांकेतिक तस्वीर।

काठमाडौं । प्रहरीले गोली हानेर लागूऔषध ओसारपसारमा संलग्नताका आशंकित एकजनालाई पक्राउ गरेको छ ।

त्रिभूवन विमानस्थल नजिकै सिनामंगलमा प्रहरीको गोली लागेर एक युवा घाइते भएका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्न भएको आशंकामा अन्दाजी ३० वर्षका विकास भगतमाथि गोली चलाएको हो ।

गोली लागेर घाइते भएका उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । भगतबाट १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार भएको आशंकामा ब्यूरोको टोली त्यस क्षेत्रमा खटिएको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved