हामीकहाँ परनिर्भर अर्थतन्त्र छ, यसले समाजवादको ढोका खोल्न सक्दैन : महासचिव गुरुङ

नेपालभ्युज

हामीकहाँ परनिर्भर अर्थतन्त्र छ, यसले समाजवादको ढोका खोल्न सक्दैन : महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले परनिर्भर अर्थतन्त्रले समाजवादको ढोका खोल्न नसक्ने बताएका छन् । शुक्रबार माओवादी केन्द्रको जनवर्गीय सङ्गठन रिटर्नी सेन्टरको पहिलो भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“पुँजीवादी मोडेलकै अर्थतन्त्र किन नहोस्, त्यो आत्मनिर्भर बनाउनुपर्‍यो/हुनुपर्‍यो । राष्ट्रिय अर्थतन्त्र त्योखाले बनाउनुपर्‍यो । परनिर्भर अर्थतन्त्रले समाजवादको ढोका खोल्न सक्दैन । त्यो आत्मनिर्भर नै हुनुपर्छ,” उनले भनेका छन् ।

त्यसअघि उनले भने, “आर्थिक समृद्धिको यात्रामा लाग्नुपर्नेछ । अहिले पार्टीले भनिरहेको छ कि— मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रको र आर्थिक समृद्धिको यात्रा तय गरेर लानुपर्नेछ । नेपाललाई एउटा बिन्दुमा आत्मनिर्भर बनाउन सक्यौँ भने र त्यहीबेला कम्युनिष्ट पार्टीको नेतृत्वमा त्यो अभियान सफल बनाउन सक्यौँ भने बल्ल समाजवादी क्रान्तिको ढोका खुल्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved