नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै

नेपालभ्युज

नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै

काठमाडौं। आइसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअगाडि हुने अभ्यास खेलमा नेपाल र स्कटल्यान्ड आमने सामने हुँदैछन्।

दक्षिण अफ्रिकामा बिहीबार सवा १ बजे नेपाल र स्कटल्यान्डबीच यो खेल सुरु हुनेछ। यो नेपालको पहिलो अभ्यास खेल हो।

दोस्रो अभ्यास खेलमा नेपाल र नेदरल्यान्ड्स शनिबार आमने सामने हुनेछन्। यसले नेपाललाई सुरुआती ११ को रणनीति बनाउन मद्दत गर्नेछ।

जिम्बाब्वेमा हुने छनोटमा नेपाल वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स, र अमेरिकासँगै समूह ‘ए’ मा रहेको छ। नेपालले असार ३ मा आफ्नो पहिलो खेल जिम्बाब्वेसँग खेल्ने छ।

असार ५ मा अमेरिका र असार ७ मा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। असार ९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘बी’मा भने आयरल्यान्ड, स्कटल्यान्ड, ओमान, यूएई र श्रीलंका रहेका छन्। दुवै समूहको शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछ।

सुपर सिक्सको शीर्ष २ टोलीले भारतमा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved