रियल मड्रिडबाट बेन्जिमाको सुखद बिदाई, अन्तिम खेलमा गरे गोल

नेपालभ्युज

रियल मड्रिडबाट बेन्जिमाको सुखद बिदाई, अन्तिम खेलमा गरे गोल

एजेन्सी। स्पेनिस क्लब रियल मड्रिडबाट चर्चित खेलाडी करिम बेन्जिमाको सुखद बिदाइ भएको छ । अन्तिम खेलमा उनले गोल गरेर रियलको यात्रा सुखद अन्त्य गरेका छन् ।

आइतबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियलले बिल्बाओसँग १-१ गोलको बराबरी खेलेको हो । बिदाइ खेल खेलेका स्ट्राइकर करिम बेन्जिमाले गोल गरेपछि रियल हारबाट जोगिएको हो ।

बेन्जिमाले १४ वर्षपछि रियल छाड्ने घोषणा गरिसकेका छन् । उनले खेलको ७२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

रियलले दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । यो सिजनको अत्न्यसँगै  करिम बेन्जिमाले रियलसँगको यात्रा पनि टुंग्याएका छन् । बेन्जेमाको बिदाइ समारोहमा मङ्गलवार विशेष कार्यक्रम राखिएको क्लबले जनाएको छ ।

बेन्जेमा सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थिए । उनी रियलबाट सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । उनले तीन सय ५३ गोल गरेका छन् ।

रियलबाट सर्वाधिक गोलकर्ता क्रिन्टियानो रोनाल्डोले चार सय ५० गोल गरेका छन् । बेन्जेमाले ला लिगा चार पटक, च्याम्पियन्स पाँच पटक र सन् २०२२ मा बालेन जिओर जितेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved