लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति भएसँगै ५३ अंकले बढ्यो नेप्से

नेपालभ्युज

लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति भएसँगै ५३ अंकले बढ्यो नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अंक बढेको छ । आज कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ५३ अंकले बढेर १९१९ अंकमा पुगेर रोकिएको हो ।

आइतबार बिहान अर्थ मन्त्रालयमा लगानीकर्तासँग पुँजीगत लाभकरका विषयमा सहमति भएपछि नेप्सेमा उत्साहजनक वृद्धि भएको हो । यसअघि, अर्थ मन्त्रालयले बजेटमार्फत घरजग्गा र सेयर कारोबारको पुँजीगत करलाई अग्रिम करको रूपमा व्याख्या गरेको थियो । तर, घरजग्गा लगायतलाई अग्रिम करको दायरामा ल्याए पनि पुँजीगतलाई भने सुरुको करको रूपमा राख्न नहुने लगानीकर्ताको माग थियो ।

यही विषयमा सेयर लगाानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति भएसँगै नेप्सेले लय समातेको हो ।  यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मात्रै घटेको छ ।

यस्तै, आज १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको कारोबार भएर ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा ६ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved