बजेटको अघिल्लो दिन सेयर बजारमा १७ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेपालभ्युज

बजेटको अघिल्लो दिन सेयर बजारमा १७ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ।

आइतबार दिनभर हरियो रहेको बजार परिसूचक नेप्से कारोबार बन्द हुने करिब १ घण्टा अगाडिदेखि लगातार ओरालो लागेर १७.३८ अंकले घट्दा १९४१.७४ अंकको विन्दुमा बन्द भएको छ ।

उत्पादनमूलक र म्युचुअल फन्ड उपसूचकमा वृद्धि भए पनि अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । उत्पादनमूलक उपसूचक १.०१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकम भने बढेर साढे २ अर्ब नाघेको छ ।

आइतबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ४४ कम्पनीको सेयरमूल्य बढ्दा ३ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved