आन्तरिक उत्पादन बढेसँगै भारततर्फ बिजुली निर्यात सुरु

नेपालभ्युज

आन्तरिक उत्पादन बढेसँगै भारततर्फ बिजुली निर्यात सुरु

काठमाडौं। उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ ।

वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बिजुली भारततर्फ बेच्न थालिएको हो । प्राधिकरणका अनुसार शुक्रबार भारतलाई ६०० मेगावाट आवर बिजुली बेचिएको छ ।

केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो । तर, अचानक वर्षा धेरै भएर नदीको वहाब बढेसँगै बिजुली उत्पादन पनि बढेको हो । गर्मी याममा पानी नपर्दा र अत्याधिक गर्मी हुँदा बिजुलीको माग समेत बढ्ने गर्छ ।

तर, वैशाखदेखि नै निरन्तर भइरहेको वर्षातका कारण गर्मीसमेत घटेको छ । फलस्वरूपः उत्पादित बिजुलीले आन्तरिक माग धानेर निर्यात नै सुरु भएको हो । यद्यपि, वर्षात रोकिएमा पुनः आयात गर्नुपर्ने हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved