सेयर बजारमा उछाल, ५१.३१ अंकले बढ्दा २ अर्ब २० करोड माथिको कारोबार

नेपालभ्युज

सेयर बजारमा उछाल, ५१.३१ अंकले बढ्दा २ अर्ब २० करोड माथिको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार  सेयर बजार परिसूचक नेप्सेमा  वृद्धि भएको छ । नेप्से सूचकमा आज एकै दिन ५१.३१  अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ ।

आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी म्यानु एन्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक क्रमशः ४.०५ प्रतिशत र ४.०३ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा समूहको उपसूचक ३.९१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ३.८० प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ३.८० प्रतिशतले बढेका छन् ।

मंगलबार नेप्सेमा करिब ३ महिना यताकै उच्च रकमको कारोबार भएको छ । यसअघि १४ फागुनमा २ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछि २ अर्ब माथिको कारोबार भएको थिएन ।

मंगलबार कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यसैगरी, आदर्श लघुवित्त र किसान लघुवित्तको सेयरमूल्यमा भने गिरावट आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved