आशय पत्र लिएका ७ ब्रोकरले पाए सञ्चालनको अनुमति

नेपालभ्युज

आशय पत्र लिएका ७ ब्रोकरले पाए सञ्चालनको अनुमति

काठमाडौं। धितोपत्र बोर्डले आशय पत्र दिएका ७ वटा ब्रोकरले  सञ्चालनको अनुमति पाएका छन्। सञ्चालनको अनुमति पाएका ब्रोकरहरूमा  भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेको बोर्डले जनाएको छ।

हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेकामा अब ब्रोकर कम्पनीको संख्या ५७ पुगेको छ।  आशय पत्र पाएको ६ महिनाभित्रमा पूर्वाधार तयारी गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ। जानकारी पाएको ३० दिनभित्र बोर्डले स्थलगत निरीक्षण र जाँचबुझ गर्नेछ।

थप व्यवस्था गर्नपर्ने देखिएमा बोर्डले ३० दिनको समय थपिदिनेछ। यो अवधिमा पनि तोकिएको न्यूनतम पूर्वाधार तयार नगर्नेको अनुमति स्वतः रद्द हुनेछ।

बोर्डले हरेक तीन/तीन वर्षमा बजारको आवश्यकताअनुसार धितोपत्र दलाल थप्न सक्ने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved