खप्तडमा लगानी गर्न सरकारको सहयोग चाहिन्छ : अध्यक्ष ढकाल

नेपालभ्युज

खप्तडमा लगानी गर्न सरकारको सहयोग चाहिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच छलफल भएको छ ।

छलफलमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुदुरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । पर्यटकीय पुर्वाधार निर्माणका लागि वातावरणीय मुल्यांकन र जग्गा प्राप्ति निक्कै कठिन रहेको भन्दै अध्यक्ष ढकालले यसमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका थिए ।

यसैपटकको बजेटबाट यी बिषय सम्बोधन भए निजी क्षेत्रले तत्काल लगानी गर्न सक्ने आश्वासन पनि उनले दिए । टोलीले अध्यक्ष ढकाललाई खप्तडमा पनि केवलकार निर्माणका लागि आग्रह गरेको थियो ।

भेटमा राष्टिय सभा सदस्य गरिमा शाहले खप्तडमा भारतीय लगायत आन्तरिक पर्यटकको आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि अवसर रहेको बताएकी थिइन ।

भेटमा सांसद शाहसहित खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका शेरबहादुर खडका, प्रदेश सभा सदस्य दीर्घ सोडारी र दिपक सिंह ओली, नेपाली कांग्रेसका नेता गोविन्दबहादुर शाह लगायत सहभागी थिए ।

टोलीले यही जेठ २३, २४ र २५ गते खप्तडमा आयोजना हुने प्रवर्द्धन कार्यक्रमका लागि अध्यक्ष ढकालसहितका पदाधिकारीलाई निमन्त्रणा समेत दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved