नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

नेपालभ्युज

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ। सोमबार दिनभर उतारचढाव भएको नेप्सेमा ३.३४ अंकको सामान्य गिरावट हुँदा १८१८.३१ अंकमा बन्द भएको छ ।

सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।विकास बैंक, वित्त कम्पनी, उत्पादनमूलक र लघुवित्त उपसूचकमा वृद्धि भए पनि बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिका‌ंश उपसूचक गिरावट हुँदा नेप्से पनि सामान्य घटेको छ ।

सोमबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै १९ कम्पनीको सेयरमूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved