नक्कली शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्‍याउन विवेकशील साझाको माग

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्‍याउन विवेकशील साझाको माग

काठमाडौं । विवेकशील साझा पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्‍याउन सरकारसँग माग गरेको छ।

शुक्रबार पार्टी  अध्यक्ष समिक्षा बास्कोटाले एक विज्ञप्ति जारी गर्दै पार्टीले यस कार्यमा दलीय पूर्वाग्रहका आधारमा दोषीलाई उन्मुक्ति दिए भयावह अवस्था सिर्जना हुन सक्ने  चेतावनी समेत दिएकी छन् ।

विवेकशील साझा पार्टीले ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष संसारका भ्रष्ट मुलुकहरूको अग्रसूचीमा नेपाल उक्लिरहेको भन्दै यस प्रकरणले विश्वमै लज्जास्पद रूपमा चित्रण भइरहेकोप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ।

‘नक्कली शरणार्थी प्रकरणमा उच्च नेता, कर्मचारी र उनीहरूका आफन्त समेत प्रत्यक्ष जोडिएकाले नेपाली परम्परागत राजनीतिको कुरूप तस्वीरलाई नागरिकहरूले कसरी सहीरहेका छन भन्ने टड्कारो सवाललाई नजरअन्दाज नगर्न दलका नेता, कर्मचारी र सरोकारवालाहरूलाई स्मरण गराउँदै विवेकशील साझा पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा विश्वास गर्ने पार्टी भएको पुनः स्मरण गराउन चाहन्छौँ, विज्ञप्तिमा भनिएको छ ।’

उक्त पार्टीले  भ्रष्टाचारका अन्य चर्चित काण्डहरू वाइडबडी, यती, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस , ७० करोड, सीसीटीभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरणलगायत काण्डलाई छानबिन गरी दोषीलाई कारबाही गरी  दण्डहीनताको अन्त्य गर्न सरकारसँग  माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved