के एमाले संघीयताको विपक्षमा जाँदैछ ?

राजावादी शक्तिहरूले संघीयता र धर्मनिरपेक्षताविरुद्धमा बहस चलाइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्रसमेत यसले प्रवेश पाएको छ ।

नेपालभ्युज

के एमाले संघीयताको विपक्षमा जाँदैछ ?

काठमाडौं । राजावादी शक्तिहरूले संघीयता र धर्मनिरपेक्षताविरुद्धमा बहस चलाइरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भित्रसमेत यसले प्रवेश पाएको छ ।

एमालेको जारी केन्द्रीय समितिको ५औं बैठकमा बोल्ने क्रममा नेताहरूले यसविरुद्ध धारणा व्यक्त गरेका छन् । उनीहरूले संघीय प्रणालीले देशको हित नगर्ने भन्दै पार्टीले यसबारे सोच्नुपर्ने बताएका छन् ।

बैठकमा समूहगत छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्यद्वय गोकुल बाँस्कोटा र महेश बस्नेतले यस्तो धारणा राखेका हुन् । स्रोतकाअनुसार उनीहरूले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत राखेका छन् ।

बैठकमा विभिन्न ८ समूहले छलफल गरेको भएपनि ‘बागमती समूह’ मा रहेका बाँस्कोटा र बस्नेतले मात्रै यस्तो धारणा राखेका हुन् । बाँस्कोटा र बस्नेत दुवै एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय मानिन्छन् ।

समूहगत छलफलमा उनीहरूले संघीय प्रणाली देशहितमा नभएको हो की ? भन्दै प्रश्न उठाएको र यसबारे पार्टीले छुट्टै सोच बनाएर अघि बढ्नु हितकर हुने राय दिएका थिए । “जनताको भावना बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने हो की ?” बस्नेतको प्रश्न थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved