सामान्य अंकले घट्यो नेप्से, ५७ करोड ८८ लाखको कारोबार

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, ५७ करोड ८८ लाखको कारोबार

काठमाडौं।  बिहीबार सेयर बजार ३.३४ अंकले घटेको छ। साताको कारोबारको अन्तिम दिन नेप्से घटेर १८३८.५९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

बिहीबार १३ वटा उपसूचकमध्ये ३ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन् भने, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved