सासमङको ‘ग्यालेक्सी ए २४ एलटिई’ फोन सार्वजनिक

नेपालभ्युज

सासमङको ‘ग्यालेक्सी ए २४ एलटिई’ फोन सार्वजनिक

काठमाडौं। सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिई पेस गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरूले भरिपूर्ण छ ।

यो नयाँ ग्यालेक्सी ए२४ एलटिईमा केही अद्वितीय विशेषतालगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जीबी र २३६ जीबीको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जीबी वा ८ जीबी र्‍यामका साथ काम गर्छ । साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टीबीसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।

ग्यालेक्सी ए२४ एलटिईको क्यामेराका हकमा पृष्ठ भागमा ५० एमपिको प्राइमरी क्यामेरा जडित छ, जसलाई ५ एमपी अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरूले सपोर्ट गरेका छन् । यसमा १३ एमपी सेल्फी क्यामेरा लेन्स र फोनमा जडित ओआईएसले अद्भूत पलहरूलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरू सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

‘अब तपाईँले आफ्नो वरिपरिका अद्भुत दृश्यहरू क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडिदिनु होस् किनकि ग्यालेक्सी ए२४ एलटिईमा स्टोर गर्नको लागि प्रशस्त क्षमता छ । स्टोरको कुरा गरिरहँदा तपाईँले केही अद्वितीय एप्‌हरू र फिचरहरू पाउन सक्नुहुनेछ, जुन तपाईँले फोनबाट प्राप्त गर्नु हुने विशेषताहरूसँग राम्ररी मेल खान्छ ।’ कम्पनीले उल्लेख गरेको छ ।

नेपाली बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिई खरिद गरी पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव सँगाल्न सकिनेछ । बजारमा  ६ + १२८ जीबीको ग्यालेक्सी ए२४ को मूल्य रु.२८,९९९/- कायम गरिएको छ भने ८+१२८ जीबीको मोबाइल रु.३१,९९९/- मा उपलब्ध छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved