कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० पुग्यो

नेपालभ्युज

कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० पुग्यो

कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।

कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढीपछि कम्तीमा ३९४ जनाको शव निकालिएको छ ।

उनले शनिबार बाढी र पहिरोका कारण कम्तीमा २०३ जनाको मृत्यु भएको घोषणा गरेका थिए ।

दक्षिण किवु प्रान्तको कालेहे क्षेत्रमा बिहीबार भएको भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेपछि बुसुशु र न्यामुकुबी गाउँहरूमा पहिरो गएको थियो ।

‘अहिलेसम्म ३९० भन्दा बढी शवहरू फेला परेको हामीलाई जानकारी प्राप्त भएको छ,’ उनले आइतबार टेलिफोनमा एएफपीसँग भने ।

उनका अनुसार बुसुशुमा १४२, न्यामुकुबीमा १३२ र इदज्वी नजिकैको किवु तालमा १२० शव तैरिरहेको अवस्थामा फेला परेका थिए ।

बिहीबारदेखि लगातार मृतकहरू भेटिएका उनीहरूको सरकारी अधिकारी र सम्भव भएसम्म आफन्तको उपस्थितिमा अन्त्येष्टि गरिएको बाकेङ्गाले बताए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved