अमेरिकाको टेक्सासमा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

नेपालभ्युज

अमेरिकाको टेक्सासमा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

टेक्सास। अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । टेक्सासको रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिएपछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो ।

उनी एनआरएन आईसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् । रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले आफैँले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएको छ ।

दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरूको सन्तानको रूपमा दुई छोराहरू रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved