थप १३ कम्पनीले ब्रोकर लाइसेन्सका लागि पाए आशयपत्र

नेपालभ्युज

थप १३ कम्पनीले ब्रोकर लाइसेन्सका लागि पाए आशयपत्र

काठमाडौं।  थप १३ कम्पनीले ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्राप्त गरेका छन् । बुधबार साँझ बसेको बोर्ड बैठकले लाइसेन्सको लागि आशयपत्र  प्रदान गर्ने निर्णय गरेको हो ।

गत सोमबार पनि बोर्डले एउटा धितोपत्र व्यापारी, एक पूर्ण कारोबार गर्ने ब्रोकरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र दिएको थियो ।

धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्थासहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आवेदन दिने ३० दिनको अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो ।

धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved