सेयर बजार लगातार ओरालो, कारोबार ६२ करोडमा सीमित

नेपालभ्युज

सेयर बजार लगातार ओरालो, कारोबार ६२ करोडमा सीमित

काठमाडौं। सेयर बजार परिसूचक नेप्से लगातार पाँचौं कारोबार दिन पनि घटेको छ।  गत मंगलबार बढेर बन्द भएको नेप्से बुधबारपछि लगातार पाँचौं कारोबार दिन पनि घटेको हो। नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

बुधबार नेप्से ९.१८ अंकले गिरावट हुँदा १८५७.२३ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि ६२ करोडमा सीमित भएको छ।

१८ हजार ८७६ वटा कारोबारमा २१ लाख ५५ हजार ५८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ६२ करोड २ लाख ६६ हजारको कारोबार भएको छ । मंगलबार ६९ करोडको कारोबार भएको थियो ।

आज उत्पादनमूलक र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved