स्वदेश फर्किँदै कांग्रेस नेता भण्डारी

नेपालभ्युज

स्वदेश फर्किँदै कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत नेता भण्डारी करिब साढे दुई महिना पछि आइतबार स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

उनी नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिँउसो २ः५५ बजे मुम्बईबाट नेपाल फर्किने कार्यतालिका रहेको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ भने अब बाँकी उपचार भण्डारीले नेपालमा नै गर्ने बताइएको छ ।

ग्यास लिक भएर भण्डारी घाइते भएका थिए । सोही घटनामा घाइते भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved