नेप्सेमा १८ अंकको गिरावटसँगै घट्यो कारोबार

नेपालभ्युज

नेप्सेमा १८ अंकको गिरावटसँगै घट्यो कारोबार

काठमाडौं।आइतबार सेयर बजार परिसूचक नेप्से  १८ अंकमाथिले घटेको छ ।  बिहीबार १५.७३ अंकले घटेको नेप्से आज सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा ओर्लिएको हो ।

नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेर ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँमा झरेको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक (०.३१ प्रतिशत) बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.०१ प्रतिशतले घटेको छ भने बैंकिङ समूह १.२४ प्रतिशतले, जीवन बीमा समूह १.२५ प्रतिशतले, हाइड्रोपावर १.१३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०४ प्रतिशतले घटेका छन् । अन्य उपसूचहरु १ प्रतिशत कमले घटेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved