मधेस प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको निष्पक्षतामाथि असर गर्ने काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

नेपालभ्युज

मधेस प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको निष्पक्षतामाथि असर गर्ने काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

आयोगले आइतबार मतदान भइरहेको बेला निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुनेगरी के-कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”

बारा २ मा जसपाका उपेन्द्र यादव गठबन्धनबाट उम्मेदवार छन् । मुख्यमन्त्री यादव उपेन्द्रको पक्षमा चुनावी माहौल बनाउन सरकारी स्रोत साधनको दुरुपयोग गरी हिँड्न थालेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved