दोहोरो अंकले घट्यो नेप्से, ९८ करोडको कारोबार

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, ९८ करोडको कारोबार

काठमाडौं।  बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १५.७३ अंकले घट्दै १९०४.४० विन्दुमा झरेको हो ।

बिहीबार नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । २६७ धितोपत्रको २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच हुँदा आज ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोको मूल्य सबैभन्दा धेरै सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सनराइज ब्लूचिप फण्ड, सनराइज फस्ट म्यूचअल फन्ड र एभरेस्ट बैंकको मूल्य सबैभन्दा बढीले बढेको छ ।

यता, एनएमबी सुलभ इन्भेस्टमेन्ट र आदर्श लघुवित्तको मूल्यमा उच्च अंकले घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved