साझा उम्मेदवारहरूको जित लोकतन्त्रवादीहरूको जित हो : प्रकाशमान

नेपालभ्युज

साझा उम्मेदवारहरूको जित लोकतन्त्रवादीहरूको जित हो : प्रकाशमान
फाइल तस्वीर

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैशाख १० को उपनिर्वाचन उपनिर्वाचनमात्रै नभएर प्राप्त उपलब्धिहरूको रक्षा गर्ने कि नगर्ने भन्ने सवाल रहेको बताएका छन् । बुधबार चितवन क्षेत्र नं. २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

“यो उपनिर्वाचनमात्रै होइन,” नेता सिंहले भने, ‘सिङ्गोरूपमा प्राप्त उपलब्धिहरूको रक्षा गर्ने कि नगर्ने भन्ने सवाल पनि हो ।’

नेता सिंहले गठबन्धनका साझा उम्मेदवारहरूको जित लोकतन्त्रवादीरहरूको जित भएको बताए । “जनताले आवेगमा नभइ विवेकको प्रयोग गरेर मतदान गर्नेछन् भन्नेमा म विश्वस्त छु,” नेता सिंहले भनेका छन्, ‘उहाँहरूले सहजरूपमा भेट्न सकिने, सबैको घरघरमा भेटिने उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ । साझा उम्मेदवारहरूको जित भनेको लोकतन्त्रवादीहरूको जित हो ।’

नेता सिंहले गठबन्धनका तर्फबाट चितवन २ मा उम्मेदवार कांग्रेस नेता जीतनारायण श्रेष्ठ सर्वस्वीकार्य उम्मेदवार भएको दाबी गरेका छन् । विकास र समृद्धिका लागि यसपटक जीतनारायणलाई जिताउनुपर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved