एउटै निर्वाचन क्षेत्रबाट निर्वाचित तीनैजना मन्त्री

सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट जितेका तीनैजना मन्त्री भएका छन् । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन बनाएर जितेका तीनैजना सांसद मन्त्री भएका हुन् ।

नेपालभ्युज

एउटै निर्वाचन क्षेत्रबाट निर्वाचित तीनैजना मन्त्री

सुर्खेत । सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट जितेका तीनैजना मन्त्री भएका छन् । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन बनाएर जितेका तीनैजना सांसद मन्त्री भएका हुन् ।

प्रतिनिधि सभामा जितेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का संघीय सरकारमा उपप्रधान एवम् रक्षासँगै कानुनमन्त्री बनेका छन् ।

सोही क्षेत्रअन्तर्गत पर्ने २ वटा प्रदेश सभाबाट निर्वाचित दुवैजना सांसद पनि मन्त्री नै बनेका छन् । सुर्खेत क्षेन नं. १ को १ बाट निर्वाचित खड्क पोखरेल कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री बनेका छन् ।

पोखरेलले बुधबार (आज) दिउँसो ३ बजे शपथ लिँदैछन् ।

यस्तै २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद कृष्ण जिसी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved