कान्छी सांसद निशाले खुला प्रतिस्पर्धाबाट छानिन् स्वकीय सचिव

नेपालभ्युज

कान्छी सांसद निशाले खुला प्रतिस्पर्धाबाट छानिन् स्वकीय सचिव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव चयन गरेकी छन् ।

प्रतिनिधि सभाको कान्छी सांसदसमेत रहेकी निशाले आसेपासेलाई स्वकीय सचिव बनाउने अभ्यास तोड्दै खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव चयन गरेकी हुन् ।

यसरी स्वकीय सचिव चयन गर्दा पर्वतकी सुस्मिता क्षेत्री चयन भएकी छन् । गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि आह्वान गरेकी थिइन् । त्यसक्रममा ११६ जनाले आवेदन दिएका थिए । उनीहरूबाट क्षेत्री चयन भएकी हुन् ।

पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले लिखित र मौखिक परीक्षा दिएका थिए । उनीहरूको कम्प्यूटर ज्ञानदेखि कानूनी तथा राजनीतिक अनुभवसमेत हेरेर चयन गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved