संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएपछि प्रधानन्यायधीश नियुक्ति अन्योलमा

नेपालभ्युज

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएपछि प्रधानन्यायधीश नियुक्ति अन्योलमा

काठमाडौं। संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न नसकेपछि यो प्रक्रिया थप लम्बिने भएको छ।

बुधबार बिहान बैठक बसे पनि निर्णय केही नभएको बैठकमा सहभागी परिषद्का सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए। बैठक लगत्तै विदेश यात्रामा निस्कन लागेका तिमल्सिनाले अर्को बैठकबाट निर्णय हुने बताए ।

सर्वाेच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ ।महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वाेच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

कामु प्रधानन्यायाधीशको भरमा चलेको अदालतबारे धेरै टिप्पणी आउन थालेपछि प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेर प्रधानन्यायधीश छिट्टै नियुक्त गर्ने सहमति गरेका थिए।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रधानन्यायाधीशको नियुक्तिबारे छलफल गर्न बुधबार बिहानै सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको थियो। तर, निर्णय भने हुन सकेन। परिषद्का सदस्य तिमल्सिना विदेश भ्रमणमा रहने भएकाले अर्को बैठक कहिले बस्छ भन्ने निश्चित छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved