मतदातासँग गोविन्दको आग्रह- भारी मतले जिताउनूस्, तनहुँको समृद्धिको नेतृत्व गर्छु

नेपालभ्युज

मतदातासँग गोविन्दको आग्रह- भारी मतले जिताउनूस्, तनहुँको समृद्धिको नेतृत्व गर्छु

तनहुँ। वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले जनताको एक/एक समस्या सुन्ने र समाधान गर्ने आश्वासन दिएका छन् । मङ्गलबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

आफूले जिते आफ्नै क्षेत्रमा संसद् सेन्टरको स्थापना गर्ने सबै जनताको गुनासो तथा योजनाहरू सुनेर अगाडि बढ्ने उनले बताए । “म सबै जनताको समस्या, गुनासो र योजना सुन्नेछु,” भट्टराईले भनेका छन्, ‘त्यसका लागि संसद् सेन्टरको स्थापना यहीँ गर्नेछु । तर, मलाई भारी मतले जिताउनूस् ।’

आफूले तनहुँकै सेवा गर्न चाहेको उनले बताए । “म यही क्षेत्रका मानिसहरूको सेवा गर्न चाहन्छु । म हरपल यहीँ रहन चाहन्छु । म तपाईंहरूले देख्नुभएको समृद्धि र विकासको नेतृत्व गर्न चाहन्छु,” उनले भनेका छन् ।

भट्टराई सत्तारूढ गठबन्धनको तर्फबाट तनहुँ १ मा उम्मेदवार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved