म मिटरब्याजपीडितको पक्षमा छुु : लिङ्देन

नेपालभ्युज

म मिटरब्याजपीडितको पक्षमा छुु : लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरव्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाउँदै आफू पीडितको पक्षमा रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटरव्याजपीडितमाथि सरकारले गरेको दमनको समेत आलोचना गरे ।‘यो देशमा कुनै पनि नागरिक अन्यायमा पर्नु हुँदैन । कोही पनि हेपिनु हुँदैन’ उनले भने–‘तर,राज्य निमुखाहरूप्रति उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरब्याज पीडितहरूलाई दमन गर्न उत्रिनु निन्दा र भर्त्सना योग्य कुरा हो।’

उनले यदि सरकारले मिटरव्याजपीडितको समस्या समाधान छिटो नगरे आफु पनि सडक संघर्षमा जाने समेत बताए।‘गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ भनेर सपना बाँड्ने पार्टीको नेतृत्वमा सरकार हुँदा पनि गरिबमाथि किन प्रहार भइरहेको छ ?’ उनले प्रश्न गरे–‘हामी भन्न चाहन्छौं सरकारले मिटरब्याजपीडितहरू र तराईमा आन्दोलनमा रहेकाहरूको माग सम्बोधन गरोस् । अन्यथा राप्रपा उनीहरूसँगै सडकमा जानेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved