पश्चिम बंगालमा तृणमूल कांग्रेसका वरिष्ठ नेता मुकुल रोय वेपत्ता

नेपालभ्युज

पश्चिम बंगालमा तृणमूल कांग्रेसका वरिष्ठ नेता मुकुल रोय वेपत्ता

एजेन्सी। पश्चिम बंगालमा तृणमूल कांग्रेसका वरिष्ठ नेता मुकुल रोय वेपत्ता  भएका छन् । रोयका परिवारका सदस्यहरूले सोमबार साँझदेखि उनी बेपत्ता भएको र कुनै जानकारी पाउन नसकेको बताएका बीबीसी हिन्दीले जनाएको छ ।

रोयका छोरा शुभ्राग्शु  (जो देशको रेल मन्त्री थिए) ले आफ्नो बुबाको बारेमा केहि थाहा नभएको र सोमबार बेलुकादेखि बेपत्ता रहेको बताएका छन् ।  उनको ठेगाना फेला परेको छैन । रोयका नजिकका साथीहरुले उनी सोमबार दिल्ली जाँदै गरेको बताएका छन् । रोय नजिकका एक व्यक्तिले भने, ‘हामीलाई थाहा भएसम्म उनी राति ९ बजे दिल्ली एयरपोर्टमा अवतरण गर्नुपर्ने थियो ।’

मुकुल रोयलाई कुनै समय तृणमूल कांग्रेसमा ममता बनर्जीपछि सबैभन्दा ठूलो नेता मानिन्थ्यो। तर पार्टी नेतृत्वसँग मतभेद भएपछि उनी २०१७ मा भाजपामा सामेल भएका थिए।

उनलाई भाजपाले राष्ट्रिय उपाध्यक्ष बनाएको थियो। रोयले बीजेपीको टिकटमा २०२१ को विधानसभा चुनाव लडेर पछि तृणमूलमा फर्किएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved