प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रचण्डको सचिवालयका अनुसार बैठक  शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्नेछ  ।

स्रोतका अनुसार  बैठकले  प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी गरेको छ ।

संवैधानिक परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा  विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved