लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने भएका छन्। त्यसैको लागि वैशाख ११ मा प्रदेश सभाको बैठक बोलाइएको छ।

प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बैठक बोलाएको हो । उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तयारी गरेको एमाले स्रोतले जनाएको छ। तर, विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव भने दर्ता भएको छैन।

गिरी नेतृत्वको सरकारले वैशाख १२ भित्र विश्वासको मत लिनैपर्ने भएकाले ११ गतेकै बैठकमा विश्वासको मत लिनेगरी तयारी अघि बढेको हुनसक्ने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा आएको फेरबदलका कारण गिरीले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो । पछिल्लो सत्ता समीकरणअनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि गिरी नेतृत्वको सरकार अल्पमतमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved