सुडानमा सरकारी सेनाका दुई समूहबीच झडप, २५ जनाको ज्यान गयो

नेपालभ्युज

सुडानमा सरकारी सेनाका दुई समूहबीच झडप, २५ जनाको ज्यान गयो

एजेन्सी। सुडानमा सरकारी सेनाका दुई समूहबीच भीषण लडाई चलिरहेको छ । राजधानी खार्तुमलाई कब्जामा लिने उदेश्यले अर्धसैनिक बल आरएएफले हिजो शनिबारदेखि हमला सुरु गरेको हो ।

लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् । दुवै पक्षले राजधानीलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गरिहेका छन् ।

खार्तुममा विमानस्थल र सडक बन्द भएका छन् । अवस्था अत्यन्तै नाजुक रहेको छ । सरकारले सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको सीएनएनले उल्लेख गरेको छ ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको खबरमा उल्लेख छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

सुडानमा सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।

आर.एस.एफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ । यसै समूहले अहिले हमला गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved