उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष ढकालका ५ प्राथमिकता

नेपालभ्युज

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष ढकालका ५ प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आज सम्पन्न ५७औँ साधारणसभाबाट महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।

अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले पद तथा गोपनीयताको शपथ लिए । शपथ लगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतीको प्रयास अन्तिममा सफल भएको बताए ।

उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासङ्घको छवी अझ उँचो बनाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो–लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र पाँचौ– व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved