प्रिमियर लिग :  लिभरपुल र आर्सनलको खेल रोमाञ्चक बराबरी

नेपालभ्युज

प्रिमियर लिग :  लिभरपुल र आर्सनलको खेल रोमाञ्चक बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो ।

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाड्न बाध्य भयो भने दोस्रो स्थानमा म्यानचेस्टर सिटीसँगको अंक दूरी बढाउने मौका पनि गुमायो ।

आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाह र रोबर्टो फिर्मिन्होले एक एक गोल  गरे ।

८७ मिनेटसम्म आर्सनल २-१ गोलले अघि रहेकोमा मोहम्मद सलाहले गोल गरेर खेललाई रोमाञ्चक बराबरीमा टुंग्याए ।  आर्सनल ३० खेलमा ७३ अंकसहित शीर्ष स्थानमा छ ।  लिभरपुल ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved