जुट्न थाले माओवादी : बैद्य र बास्तोला नेतृत्वका दुई पार्टीको एकता

नेपालभ्युज

जुट्न थाले माओवादी : बैद्य र बास्तोला नेतृत्वका दुई पार्टीको एकता

काठमाडौं। २०५२ सालको जनयुद्धबाट क्रान्तिकारी छवि बनाएका र २०६९ देखि टुट्दै,फुट्दै गएका माओवादी धारका पार्टीहरू फेरि जुट्न थालेका छन्।

युद्धकालिन घट्नालाई लिएर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी धारका पूर्व नेताहरूबीच पार्टी एकता र कार्यगत एकताबारे छलफल हुँदै आएको छ।

यसैबिच शुक्रबार मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले भने पार्टी एकता नै भएको घोषणा गरेका छन्। उनीहरूले आगामी वैशाख १८ गते मजदुर दिवसको दिनमा बृहत् कार्यक्रम गरी पार्टी एकता घोषणा सभा गर्ने समेत बताए।

यी दुई घटक ०६९ मा माओवादीबाट फुटेका एउटै समूह हुन्। वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले यस विषयमा सहमति गरेपछि शुक्रबार इच्छुक प्रतिष्ठानमा आयोजित कार्यक्रमबाट एकता भएको जानकारी गराएका हुन्।

वार्ता टोलीमा वैद्य नेतृत्वको पार्टीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष छन् । यस्तै बास्तोला नेतृत्वको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने छन्।

पार्टी एकतापछि अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने मोटामोटी समझदारी बनिसकेको छ। आलोपालो नेतृत्व गर्ने गरी दुई जनावीच अध्यक्ष मण्डल बनाइने पनि स्रोतको भनाइ छ।

२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन गरेर वैद्यले नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए । विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी बनाएपछि अहिले वैद्यसँग एकता भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved