टेक्नोलोजीको च्याम्पियन टीभीएसले ल्यायो नयाँ वर्षमा आकर्षक अफरहरू

नेपालभ्युज

टेक्नोलोजीको च्याम्पियन टीभीएसले ल्यायो नयाँ वर्षमा आकर्षक अफरहरू

काठमाडौं। नेपाली टु विलर मार्केटको टेक्नोलोजी च्याम्पियन्सका रूपमा स्थापित टीभीएसले नयाँ वर्षमा आकर्षक अफरहरू लिएर आएको छ।

गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्रान्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरू राख्दै प्रयोगकर्ताहरू माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ।

स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, भिभिन्न राइड मोडस् र भोइस कमान्डजस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टीभीएस बजारको लिडिङ टेक्नोलोजी फोकस्ड ब्रान्ड हो।

यस नयाँ वर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा रु ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा रु. ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ।

त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि दिने निधो गरेको छ। यो अफर देशैभर चैत १९ बाट सुरु भएर सीमित अवधिका लागि मात्र लागू हुनेछ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित हुन पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved