कांग्रेस पार्टी कार्यालयमा नेविसंघकाे रिले अनशन सुरु

नेपालभ्युज

कांग्रेस पार्टी कार्यालयमा नेविसंघकाे रिले अनशन सुरु

काठमाडौं। नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।

अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेविसंघ बृहत् संघर्ष समितिले असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारी सहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने माग राख्दै शनिबारबाट रिले अनशन सुरु गरेका हुन्।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ आगामी महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । सानेपामा अनशनरत नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टीले दिएको म्यान्डेडअनुसार महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेर तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिए पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved