बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मन्त्रालय बाँडफाँड टुंगो लाग्ने

नेपालभ्युज

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं। सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । यो बैठकले मन्त्रालय बाँडफाँटबारे टुंगो लगाउने बुझिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन्।

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरु पनि बैठकमा सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved