प्रधानमन्त्री थ्री नेसन्स कप

नेपाल र भुटानको खेल आज,  पराजित भएपनि नेपाल फाइनल पुग्ने

नेपालभ्युज

नेपाल र भुटानको खेल आज,  पराजित भएपनि नेपाल फाइनल पुग्ने
फाइल तश्वीर

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । भुटानले नेपाललाई ३ गोलको अन्तरले हराएमा मात्रै फाइनल पुग्न सक्छ ।

आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved